वाणिज्य बैंकहरुलाई ब्रोकर लाइसेन्स दिन बैंकर्स संघको माग

0
Shares

नेपाल बैंकर्स संघले पूँजी बजार विस्तार गर्न वाणिज्य बैंकका सहायक कम्पनीहरुलाई ब्रोकर लाइसेन्स उपलब्ध गराउन माग गरेको छ ।

संघले आगामी मौद्रिक नीति बारे राष्ट्र बैंकलाई दिएको सुझावमा वाणिज्य बैंकका सहायक कम्पनीलाई धितोपत्र ब्रोकर लाइसेन्स उपलब्ध गराउने पहल गर्न राष्ट्र बैंक समक्ष आग्रह गरेको हो।

कतिपय देशहरुमा बैंकहरुले धितोपत्र ब्रोकरको कार्यहरु गर्दै आएका छन् । नेपाल राष्ट्र बैंकले तोकेको व्यवस्था अनुसार सोका लागि केही बैंकहरुले सहायक कम्पनीहरु समेत खोली सकेको अवस्थामा लाइसेन्स उपलब्ध गराउन आग्रह गरेको एक बैंकका प्रमुख कार्यकारी अधिकृतले नोटबजारलाई जानकारी दिए।

बैंकहरुका सहायक कम्पनीहरुले देशका कुना कुनामा छरिएका शाखा मार्फत् ग्रामिण क्षेत्रमा पनि पूँजी बजारलाई विस्तार गर्नेसक्ने संघको भनाई छ। तर, वाणिज्य बैंकका सहायक कम्पनीले हाल ब्रोकर लाइसेन्स पाउन नसकेको भन्दै राष्ट्र बैंकलाई अनुरोधन गरिएको संघले जनाएको छ।

बैंकलाई ब्रोकर लाइसेन्स दिने सम्बन्धमा अर्थ समितिले सांसद राम कुमारी झाँक्री नेतृत्वमा गठन गरेको अध्ययन उप समितिले हालसम्म पनि प्रतिवेदन नबुझाउँदा यस विषयमा अझै निर्णय हुन सकेको छैन् ।