ऊर्जा क्षेत्रको वित्तीय अवस्था सुधार गर्न विश्व बैंकको १२ अर्ब ऋण सहयोग

0
Shares

नेपालको ऊर्जा क्षेत्रको वित्तीय अवस्था सुधार र कोभिड १९ को संकटपछिको पुनः उत्थानका लागि विश्व बैंकले १० करोड अमेरिकी डलर (करिब १२ अर्ब रुपैयाँ) ऋण सहयोग गरेको छ।

विकास नीति ऋणअन्तर्गतको दोस्रो किस्ता बापत सरकारले उक्त ऋण लिएको हो। उक्त ऋण सम्बन्धि सम्झौतामा नेपाल सरकार र विश्व बैंकबीच बुधबार सम्झौता छ । 

सम्झौता पत्रमा नेपाल सरकारको तर्फबाट अर्थ सचिव शिशिर कुमार ढुंगानना र नेपालका लागि विश्व बैंकका कन्ट्री म्यानेजर फरिस हदद जर्भोसले हस्ताक्षर गरेका हुन।  मन्त्रिपरिषदको असार २ गते बसेकोे बैठकले ऋण स्वीकार गर्ने निर्णय गरेको थियो।

विश्व बैंकलेनेपालको ऊर्जा क्षेत्रको आर्थिक सम्भावना उजागर गर्न संस्थागत, नियमनकारी र प्रमुख नीतिगत सुधार गर्न ऋण उपलब्ध गराएको हो ।

नेपालमा पूर्वाधार र सामाजिक आर्थिक विकासको गुणस्तर सुधार गर्न निरन्तर सहयोग गरेकोमा आभार व्यक्त गर्दै सो सहयोगले नेपालीको बिजुलीको पहुँचमा सुधार ल्याउने र नेपाल विद्युत प्राधिकरणको क्षमता अभिवृद्धि गर्ने अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगानाले बताए।

विश्व बैंकले नेपालको उर्जा क्षेत्रलाई सुदृढ पार्न र कोभिड १९ को संकटपछिको पुनः उत्थानका लागि सरकारलाई सहयोग गर्न प्रतिबद्ध छ, नेपालका लागि विश्व बैंकका कन्ट्री मनेजर फरिस हदद जर्भोसले भने। उनले यो सहयोगले नेपाललको दिगो ऊर्जा क्षेत्र विकास गर्न मद्दत र्पुयाउनका साथै गरिबी न्यूनीकरण र मुलुकको समृद्धिमा सघाउन पुग्ने विस्वास व्यक्त गरे ।

हालका वर्षहरुमा, नेपालको उर्जा क्षेत्रले बढ्दो बिजुली उत्पादन, चुहावट नियन्त्रण र अन्तरदेशीय प्रसारण क्षमताको बृद्धि गर्दै देशव्यापी लोडसेडिङको अन्त्य गर्दै ठूलो प्रगति गरेको विश्व बैंकको भनाई छ ।

हाल नेपालको जनसंख्याको ८८ प्रतिशतमा विजुलीको पहुँच पुगेको छ । विशव बैंकले उपलब्ध गराएको उक्त रकम नेपाल विद्युत प्राधिकरणको वित्तीय अवस्था सुधार्न, स्वतन्त्र र उत्तरदायी खालको नियामक प्रारूप तयार पार्न,नेपालको जलस्रोतको अधिकतम उपयोगका लागि क्षेत्रीय बजारसँग जोडिन तथा संघीय संरचनाअनुसार विद्युत् प्राधिकरणलाई सशक्त पार्न यो रकम परिचालन हुनेछ।