१८ दिनमा ६१ अंकले घट्यो शेयर बजार


पछिल्ला दिनमा घट्दो क्रममा रहेको शेयर बजार सुधारको संकेत देखिएको छैन । क्षणिक सूचनाका भरमा तिब्र उतारचढाव देखिने गरेको बजारमा पछिल्ला दिन निरन्तर गिरावट मात्र देखिने गरेको छ । यस क्रममा पछिल्लो १८ दिनमा बजार परिसुचक नेप्सेमा भारी अंकको गिरावट आएको छ ।

मंगलबार मात्र नेप्से २.२३ अंकले घटेको छ । मंगलबारको गिरावटसँगै नेप्से परिसुचक १२५८.६६ अंकमा ओर्लिएको छ । मंगलबार १७७ वटा कम्पनीका शेयर कारोबार भएका छन् । जसमध्ये ६८ कम्पनीको शेयर मूल्य बढेको छ भने ८९ कम्पनीको घटेको छ । मंगलबार मुस्किलले ३५ करोड रुपैंयाको मात्र शेयर किनबेच भएको छ ।

गत मे ३० तारिखका दिनदेखि मंगलबारसम्म आईपुग्दा शेयर बजारमा फराकिलो अंकको गिरावट आएको छ । मंगलबारको बजार गिरावट समेतलाई समेट्दा मे ३० देखि मंगलबारसम्ममा बजार ६०.८१ अंकले घटेको छ । गत मे ३० तारिखका दिन १३१९.४७ अंकमा बजार बन्द भएको थियो । त्यस पछिका प्रत्येक कारोबार दिनहरुमा बजार तल झरिरहेको छ । मंगलबारसम्ममा आई पुग्दा बजार परिसुचक नेप्से १२५८.६६ मा ओर्लिएको छ ।