‘बुक विल्डिङ प्रणाली’ सबै आइपिओमा लागू नहुने: बोर्ड अध्यक्ष कार्की

0
Shares

नेपाल धितोपत्र बोर्डले प्रस्ताव गरेको बुक विल्डिङ प्रणाली सबै प्राथमिक निष्कासनमा लागू नहुने प्रष्ट पारेको छ ।

आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रमका लागि सुझाब संकलन गर्न बोर्डले आयोजना गरेको कार्यक्रममा बोल्दै बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीले बुक बिल्डिङ प्रक्रिया सबै कम्पनीको लागि नभएको प्रष्ट पारेका हुन ।

कार्कीले बुक बिल्डिङ तत्काल र सबै कम्पनीहरुका हकमा लागु नहुने बताए । उनले भने, ‘यो प्रणाली बिशेषगरी प्रिमियम मूल्यमा शेयर जारी गरी पूँजी बजारमा आउन चाहाने रियल सेक्टर अर्थात् उत्पादनमुलक कम्पनीको लागि हो । पूँंजीबजारमा यस्ता कम्पनीहरुलाई आकर्षित गर्नको लागि अन्तराष्ट्रिय अभ्यास अनुरुप बुक विल्डिङ प्रणाली लागू गर्ने योजना छ । अहिले यो अध्ययन कै क्रममा रहेकोले मोडालिटी बनेपछि मात्र कार्यन्वयनमा आउँछ ।’

‘बुक विल्डिङ प्रणाली लागू भएपछि सबै कम्पनीको शेयर एक सय रुपैयाँ भन्दा बढी हुन्छ भन्ने धेरैलाई भ्रम छ, प्रिमियममा शेयर जारी गर्न चाहने कम्पनीहरुका लागि मात्रै मूल्य निर्धारणमा यो विधि लागु हुने हो ।’ उनले थप प्रष्ट पारे ।