एक सातादेखि बन्द हायात होटल खुल्यो


मजदुर र व्यवस्थापन विच विवाद वढेपछि एक साता देखि बन्द रहेको पाँचतारे होटल हायात रिजेन्सी बुधबार देखि सञ्चालनमा आएको छ ।

श्रम तथा रोजगार कार्यालय टेकुले मध्यस्तता गर्ने पत्र पठाएपछि मजदुर काममा फर्केका हुन ।

व्यावसायिक सुरक्षा नभएको भन्दै व्यवस्थापनले होटलको सम्पूर्ण सेवा बन्द गरे थियो । होटलले बुकिङ समेत रद्द गरी होटलमा भएका पाहुनालाई अन्यत्र सारेर अनिश्चितकालका लागि सेवा बन्द गरेको थियो ।

तर, बुधबार होटल व्यवस्थापन र मजुदरविचको समस्या समाधानका लागि श्रम तथा रोजगार कार्यलयले मध्यस्तता गरेर समाधान निकाल्ने भएपनि कममा फर्केको होटलको आधिकारिक ट्रेड युनियनका अध्यक्ष मुक्ति दाहालले बताए । “कर्मचारीहरु समस्याको समाधान हुने श्रम तथा रोजगार कार्यालयको पत्रमा उल्लेखछ,” उनले भने,“ समस्या समाधान गर्ने भन्दै कममा फर्कन अनुरोध गर्दै पत्र आएको हो ।” कार्यलयले गरेको अनुरोध अनुसार आफुहरु कममा फर्केको समेत दहालले बताए ।

सेवा सुविधा र सम्मानपूर्वक काम गर्ने वातावरणको माग गर्दै मजदूरले गत जेठ ३० गतेदेखि सङ्घर्ष गर्दै आएका छन् । व्यवस्थापन पक्षले भने मजदूर बिनाशर्त काममा फर्किनुपर्ने अडान लिएको थियो । दुवै पक्षको अडानका कारण होटल बन्द भएको थियो ।

 

उनका अनुसार छ दिनदेखि होटलको सेवा प्रभावित हुदाँ दैनिक रु ५० लाखका दरले करीब रु चार करोडको क्षति भएको थियो । होटल पूर्ण क्षमतामा सञ्चालनमा आउन करीब छ महिना लाग्ने जानकार बताउछन । मजदूरले खाइपाई आएको सेवा सुविधा कटौती गरिएको र काममा अनावश्यक दुःख दिने गरेकाले बाध्य भएर सङ्घर्षमा उत्रनु परेको होटलको मजदुरहरुको भनाइ थियो ।

पछिल्लो समयमा होटल व्यवस्थापनले निरन्तर घाटा देखाएर सरकारी स्वामित्वको तारा गाउँ विकास समितिलाई कम सेयर दिएपछि होटल विवादित बन्दै आएको थियो । होटललाई सेयर संरचना परिवर्तन गरेर सरकारी सेयर ३९ प्रतिशतबाट नौ प्रतिशतमा झारेको र ३०४ रोपनी सरकारी जग्गाको उचित उपभोग नगरेको आरोप लागेको छ ।