गण्डकी विकास बैंकको अस्तित्व सकिएसँगै एक सफल बैंकरको २६ बर्षे बैंकिङ्ग यात्रामा विश्राम…

0
Shares

गण्डकी विकास बैंक औपचारिक रुपमा मेगा बैंकमा विलिन भएपछि गण्डकी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले करिव २६ बर्षको बैंकिङ्ग यात्राबाट विश्राम लिएको बताएका छन्।

गण्डकी विकास बैंकमा लामो समय प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थापाले व्यक्तिगत कारणले मेगा बैंकमा काम गर्न असमर्थ रहेको जनाउँदै आगामी दिनहरुमा आफुसँग भएको क्षमता प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा बैंकिङ क्षेत्रमा नै लगाउनुका साथै सामाजिक सेवामा समर्पित हुने धारणा सार्वजनिक गरेका छन्।

अन्नपूर्ण फाइनान्स लिमिटेड (हाल प्राइम कमर्शियल बैंक) वाट बैंकिङ करियर सुरुवात गरेका थापाले आफ्नो २६ वर्षे बैंकिङ्ग करियरमा विभिन्न संस्थामा १६ बर्षसम्म प्रमुख कार्यकारी अधिकृत र वाँकी अवधि कार्यकारी तहमा रहेर काम गरेका थिए।

थापाले अन्नपूर्ण फाइनान्स, फेवा फाइनान्स, ओम फाइन्नान्स, फेवा विकास बैंक हुँदै गण्डकी विकास बैंक लिमिटेडमा प्रमुख कार्यकारी तहमा काम गरेका थिए।

आफु संलग्न रहेको संस्थामा औषत १६ प्रतिशत भन्दा बढी प्रतिफल प्रदान गर्न सफल रहेको इतिहासले भविष्यमा स्वयं आफुलाई, बैंकिङ क्षेत्रमा चासो राख्ने बुद्धिजिवीलाई तथा आफ्ना शुभचिन्तकलाई सन्तोष प्रदान गर्नेछ भन्नेमा विश्वस्त छु । थापाले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन्।

साथै उनले आफ्नो बैंकिङ करियरमा सफल बनाउनका लागि सहयोग पुर्याउने गण्डकी विकास बैंकको पछिल्लो सञ्चालक समिति, हालका एवम् पूर्व कर्मचारी साथीहरु, नियमक निकाय, शेयरधनी महानुभावहरू, ग्राहक महानुभावहरु उनले आभार व्यक्त व्यक्त गरेका छन् ।

२६ वर्षे यात्राका क्रममा पटकपटक पाएको उत्साहजनक वित्तीय उपलब्धी, वेस्ट म्यानेज्ड फाइनान्स कम्पनी, वेस्ट म्यानेज्ड विकास बैंक जस्ता एवार्डले आफुलाई हौसला प्रदान गरेको उल्लेख गरेका छन् ।

साथै उनले पोखराका तीनवटा सफल संस्थाहरुको मर्जरको क्रममा पनि प्रमुख कार्यकारी अधिकृत तथा हाल मेगा बैंक नेपाल लिमिटेडले गण्डकी विकास बैंक लिमिटेडलाई प्राप्ति गर्दा समेत कार्यकारी तहमा नै अवसर प्राप्त हुनुले आफु प्रति सरोकारवालाको विश्वास रहेको प्रमाणित भएको महशुस गरेको पनि उनले बताएका छन् ।