नेपाल इन्भेष्टमेन्टको सीईओ पाण्डेको पदावधि आगामी ४ वर्षका लागि थप

3
Shares

नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेको कार्यकाल थप भएको छ।  बैंकको सञ्चालक समितिको असार ३० गते सम्पन्न ५३२ औं बैठकले सीईओ पाण्डेको एक कार्यकाल थप गरेको हो।

बैंकका सचिव सुधीरमान श्रेष्ठले साउन १ गतेदेखि लागू हुने गरि आगामी चार वर्षका लागि सीईओ पाण्डेको पदावधि थप गरिएको नोटबजारलाई जानकारी दिए।

यसअनुसार अबको ४ वर्षसम्म पाण्डेले नेपाल इन्भेष्टमेन्ट बैंकको कमाण्ड सम्हाल्नेछन्।  सीईओ पाण्डेले तनहुँ हाइड्रोपावरको बैंक ग्यारेन्टीमा फसेको २ अर्ब रुपैयाँ फिर्ता ल्याउन महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए।

र यो पनि …

प्रकाशित मिति: ३० असार २०७७, मंगलबार  १५ : ०० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।