नेप्सेमा ३२ लाख कित्ता बोनस सूचीकृत

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा छिमेक लघुवित्त (CBBL) को ३२ लाख कित्ता बोनस शेयर सूचीकृत भएको छ।

लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट वितरण गरेका चुक्ता पूँजी १ अर्ब १८ करोड रुपैयाँको २७.११ प्रतिशत बोनस शेयर सूचीकृत भएको हो।

लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई २७.११ प्रतिशत बोनस शेयर र कर सहित १७.२१ प्रतिशत नगद गरि कूल ४४.३२ प्रतिशत लाभांश वितरण गरेको थियो। उक्त बोनस २०७६ मंसिर ३० गते सम्पन्न १८ औं वार्षिक साधारण सभाबाट पारित भएको थियो।

उक्त बोनस मंसिर १५ गतेसम्म कायम शेयरधनीले पाउनेछन्। बोनस पश्चात लघुवित्तको चुक्ता पूँजी १ अर्ब ५० करोड रुपैयाँ पुगेको छ। 

प्रकाशित मिति: ३० असार २०७७, मंगलबार  १७ : ३८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।