ओम डेभलपमेण्ट बैंकको बोनस बितरण पछि मात्र एनएमबीसँग मर्जर हुने

0
Shares

ओम डेभलपमेण्ट बैंकले गत आर्थिक वर्षको कमाईबाट घोषणा गरेको लाभांस बितरण पश्चात मात्र एनएमबी बैंकसँग मर्जर हुने भएको छ ।
राजधानीमा आयोजित मर्जर सम्झौता कार्यक्रममा ओमको बोनस बितरण पछि मात्र मर्जर हुने जानकारी दिइएको हो ।

ओमले गत आर्थिक वर्षको कमाईबाट १२.७० प्रतिशत बोनस शेयर गर्न साधारण सभा बोलाउने छ । सो पश्चात कायम हुने पूँजीका आधारमा मात्र मर्जर प्रकृयाले पूर्णता दिने मर्जर सम्झौता कार्यक्रममा जानकारी दिइयो ।

एनएमबी बैंकले यस अघि नै गतआर्थिक वर्षको कमाईबाट १० प्रतिशत बोनस शेयरका साथै २० प्रतिशत नगद लाभांस साधारणस भाबाट पारित गरी बितरण गरिसकेको छ ।

अहिले एनएमबीको चुक्ता पूँजी ९ अर्ब ६१ करोड रुपैयाँ छ । त्यसै गरी ओमको चुक्ता पूँजी २ अर्ब ५१ करोड ५२ लाख रुपैयाँ छ । ओमले १२.७० प्रतिशत बोनस वितरण गरे पछि चुक्ता पूँजी २ अर्ब ८३ करोड ४६ लाख रुपैयाँ पुग्नेछ ।

शेयर स्वापको विषयमा डिडिए प्रतिवेदनका आधारमा अघि बढ्ने सम्झौता भएको कार्यक्रममा जानकारी दिइयो । आइतबारदेखि डिडिए प्रकृया सुरु गरी २ महिना भित्रमा मर्जर पुरा गर्ने बताइएको छ ।