स्वाभिमान लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणमा निष्काशन गरेको आईपिओ आइतबार र जनसेवी लघुवित्तले निष्काशन गरेको आईपिओ सोमबार बाँडफाँड हुने भएको छ ।
स्वाभिमान लघुवित्तको शेयर बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार आइतबार क्यापिटलको कार्यालय नारायणचौर नक्सालमा बिहान १० बजे बाँडफाँड हुने भएको हो ।
स्वाभिमानको आईपिओमा ३ लाख २७ हजार ४४७ आवेदक बाट ६० लाख ६१ हजार ७७० कित्ता अर्थात ६० करोड ६१ लाख ७७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ
स्वाभिमान लघुवित्तले जारी पूँजीको ३२.११ प्रतिशत बराबरको एक लाख ९८ हजार ६१० कित्ता शेयर निष्काशन गरेको हो ।
कूल निष्काशित सर्वसाधारण शेयरमध्ये कर्मचारीलाई र सामुहिक लगानी कोषहरुका लागि छुट्टाएर बाँकी एक लाख ८५ हजार ५८७ कित्ता शेयरमा सर्वसाधारणको लागि बाँडफाँड हुनेछ ।
जनसेवी लघुवित्तको आईपिओ सोमबार बाँडफाँड हुने
जनसेवी लघुवित्तको शेयर बिक्री प्रबन्धकएनएमबि क्यापिटलले सोमबार शेयर बाँडफाँड हुने जानकारी दिएको हो।
कम्पनीले बैशाख २७ देखि ३१ गतेसम्म सर्वसाधारणमा ४ लाख ३२ हजार ९९० कित्ता आईपिओ निष्काशन गरेको थियो। सो आईपिओमा १४.२८ गुणा बढी आवेदन परेको छ ।
बिक्री प्रबन्धकका अनुसार ३ लाख ३८ हजार आवेदकबाट लघुवित्तको आईपिओमा ६१ लाख ८१ हजार कित्ता शेयर माग भएको छ।
धितोपत्र निष्काशन तथा बाँडफाँड निर्दे्शिका बमोजिम लघुवित्तको आईपिओ ४३ हजार २९९ जना आवेदकले मात्र पाउनेछन्।







