इन्भेष्टमेन्ट बैंकको दुई लाख कित्ता लिलामीको शेयरमा आवेदन गर्ने अन्तिम मौका

0
Shares

नेपाल इन्भेष्टमेन्ट बैंकले लिलामीमा राखृको दुई लाख १४ हजार ६१० कित्ता संस्थापक शेयरमा आवेदन गर्ने आज अन्तिम दिन रहेको छ । बैंकको संस्थापक शेयर खरिद गर्न चाहने लगानीकर्ताले जेठ २३ गतेसम्म बोलपत्र पेश गर्नु पर्नेछ ।

आवेदकले बोलपत्र पेश गर्दा न्यूनतम ३०० रुपैयाँ अंकितदरमा प्रतिस्पर्धि मूल्यमा बोलकबोल गर्नुपर्नेछ । लिलामीका लागि न्यूनतम ३ हजार कित्तादेखि अधिकतम कित्तासम्म माग गर्न सकिनेछ ।

लगानीकर्ताले एनआईबिएल एस क्यापिटल लाजिम्पाटबाट ५०० रुपैयाँ तिरेर आवेदन फारम प्राप्त गर्न सक्नेछन् । जेठ २३ गते कार्यालय समयभित्र क्यापिटलमा बोलपत्र दर्ता गराइसक्नु पर्ने जनाइएको छ ।

उक्त लिलामीको बोलपत्र जेठ २४ गते बिहान १०ः३० बजे एनआईबिएल एस क्यापिटल लाजिम्पाटमा खुला गरिने जनाइएको छ ।

प्रकाशित मिति: २३ जेठ २०७६, बिहीबार  ०७ : ०८ बजे