सिभिल बैंकको १ लाख ४९ हजार कित्ता लिलामीको शेयरमा आवदेन गर्ने अन्तिम दिन

0
Shares

सिभिल बैंकले लिलामीमा राखेको संस्थापक शेयरमा आवदन भर्ने आइतबर (असार २२ गते) अन्तिम दिन हो । सिभिलले असार ८ गतेदेखि १ लाख ४९ हजार ८९ कित्ता संस्थापक शेयर लिलामी खुला गरेको थिया् ।

लिलामीको शेयरको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । इच्छुक लगानकिर्ताले बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल राष्ट्रिय नाचघर जमल काठमाडौंमा पुग्ने गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

जसमा बैंकका संस्थापक शेयरधनीसहित अन्य योग्य व्यक्ति तथा संस्थाले आवेदन दिन पाउनेछन् ।

न्यूनतम १०० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १० हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति: २२ असार २०७६, आइतबार  ०७ : ०२ बजे