एनसीसी बैंकले १६ प्रतिशत बोनस घोषणा, चुक्ता पुँजी पुग्ने भयो ८ अर्ब


एनसीसी बैंकले आर्थिक वर्ष २०७४।०७५ को नाफाबाट शेयरधनीलाई १५.८९ प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.८३ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।
बैंक सञ्चालक समितिको असार २२ गते बजे सम्पन्न सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७४।०७५ को नाफाबाट सो लाभासं प्रस्ताव गरि स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पठाउने निणर्य गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । यसअनुसार बैंकले एक अर्ब ११ करोड ५२ लाख ५३ हजार ५२२ रुपैयाँ बोनस र कर प्रयोजनका लागि ५ करोड ८६ लाख ९७ हजार ५५४ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

सो बोनस वितरण पछि बैंकको चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुग्नेछ । आर्थिक वर्ष २०७४।०७५ को चौथो त्रैमासम्मको अपरिस्कृत प्रतिवेदन अनुसार बैंकले गत आवमा एक अर्ब ७ करोड २० लाख रुपैयाँ मुनाफा गरेको थियो ।

प्रकाशित मिति: २२ असार २०७६, आइतबार  ११ : ४८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।