बैंक अफ काठमाण्डूको खुद नाफा ४७ प्रतिशतले बढ्यो, लाभांश क्षमतामा सुधार

0
Shares

बैंक अफ काठमाण्डूले गत आर्थिक वर्षको अन्त्यसम्म एक अर्ब ९३ करोड खुद नाफा कमाएको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको खुद नाफा ४६.७० प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षमा बैंकले एक अर्ब ३२ करोड नाफा कमाएको थियो ।

बैंकको वितरण योग्य नाफा एक अर्ब ३० करोड छ । जस अनुसार बैंकले गत आर्थिक वर्षको कमाईबाठ १६ प्रतिशतसम्म लाभांश बाड्ने क्षमता बनाएको छ ।

 अघिल्लो आवको यसै अवधिको तुलनामा निक्षेप संकलन ७.८३ र कर्जा लगानीको आकार ९.०४ प्रतिशतले बढेको छ । गत असार मसान्तसम्म बैंकले ८२ अर्ब ९३ करोड निक्षेप संकलनगरी ७१ अर्ब ७३ करोड कर्जा लगानी गरेको छ । जसबाट बैंकले ३ अर्ब ७७ करोड खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो बर्षको भन्दा २३.३८ प्रतिशत धेरै हो ।

आठ अर्ब ६ करोड चुक्ता पूँजी भएको बैंकको विभिन्न कोषमा गरी ५ अर्ब ९४ करोड जगेडा रकम छ । समीक्षा अवधिमा बैंकको पूँजी १४ प्रतिशतले बढेको हो । पूँजी बढेपनि नाफा बढ्दा प्रतिशेयर आम्दानीमा बढोत्तरी आएको छ ।

बैंकको प्रतिशेयर आम्दानी १८ रुपैयाँ ६८ पैसा रहेकोमा २४ रुपैयाँ ०४ पैसा पुगेको हो ।बैंकको प्रतिशेयर नेटवर्थ १७३ रुपैयाँ ७२ पैसा छ। खराब कर्जा घटाएर १.५ प्रतिशतमा झारेको छ ।

बैंकको कर्जा निक्षेप अनुपात ७५.०८ प्रतिशत, आधार ब्याजदर ९.९८ प्रतिशत र कोषको लागत ७.२६ प्रतिशत छ । बैंकको आधार ब्याजदर तथा लागतमा घटेको छ । बैंकको मुल्य आम्दानी अनुपात १०.६० गुणा छ ।

प्रकाशित मिति: २३ साउन २०७६, बिहीबार  ०६ : ५९ बजे