अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा सिनर्जी पावरको नाफा ६५ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष १ करोड ६० लाख नाफा कमाएको कम्पनीले गत आर्थिक वर्षम २ करोड ६५ लाख नाफा कमाएको छ ।
कम्पनीको विद्युत बिक्रिको आम्दानी भने २० करोड २२ लाख बाट १९ करोड १९ लाखमा झरेको छ । विद्युत बिक्रीको आम्दानी घटेपनि अन्य आम्दानी र खर्च व्यवस्थापनमा भएको सुधारले कम्पनीको नाफा बढेको हो ।
वित्तिय विवरण अनुसार कम्पनीको चुक्ता पूँजी ७० करोड छ भने बैंक ऋण झण्डै ७२ करोड रहेको छ । कम्पनीले गत आर्थिक बर्षमा सञ्चालन नाफा गरेको भए पनि रिजर्भ १० करोड ९४ लाख ८७ हजार ५७६ रुपैयाँ ऋणात्मक रहेको छ । कम्पनीको रिजर्भ पोजेटिभ नभए सम्म लगानीकर्ताले लाभांश प्राप्त गर्न सक्दैनन् ।
कम्पनीको प्रति शेयर आम्दानी ३.७९ रुपैयाँँ छ भने प्रति शेयर नेटवर्थ ८४.३६ रुपैयाँ र मुल्य आम्दानी अनुपात २३.७४ रहेको छ ।
सिनर्जी पावरले दोलखामा १० मेगावाटको सिप्रिङ खोला जलबिद्युत आयोजना निर्माण गरि सञ्चालन गर्दै आएको छ । तर बिद्युत प्राधिकरणले बनाउनु पर्ने प्रसारणलाईन नबनाईदिएको कारण ७ बर्ष देखि उत्पादन भएको बिद्युत पूर्ण रुपमा खपत हुन नसकी खेर गईरहेको कम्पनीले जनाएको छ।
प्रतिक्रिया