अर्थमन्त्री डा. युवराज खतिवडाले सरकार सुद्धिढ पूँजीबजार विकासको पक्षमा रहेको बताउँदै शेयर बजारलाई खेलौना बनाउने काम बन्द गर्न निर्देशन दिएका छन् ।
नेपाल आर्थिक पत्रकार संघ(नाफिज)को १० औं वार्षिकोत्सव तथा साधारणसभाको उद्घाटन गर्दै अर्थमन्त्री डा. खतिवडाले भने, ‘शेयर बजारप्रतिको विस्वास बढाईरहनु सरकारको दायित्व हो । बजारलाई खेलौना बनाउने काम बन्द गर्नुस्। आगोसँग खेल्दा आफै जल्न पनि सकिन्छ । ‘
मुुलुकको आर्थिक वृद्धिमा सुधार हुँदै गर्दा शेयर बजारको बारेमा गुनासो सुन्नुपर्ने अवस्था दुखद रहेको बताउँदै उनले शेयर बजार खस्किएकोमा शेयर लगानीकर्तालाई चिन्ता लाग्नु स्वभाविक भएको भन्दै आफुलाई मुलुकको आर्थिक वृद्धि उकास्ने चिन्ता रहेको बताए । लगानीको आवश्यकता पुरा गर्न पूँजीबजारको भुमिका परिपूरक हुन्छ, सृद्धिढ पूँजी बजारको विकास सरकार चाहान्छ, मन्त्री खतिवडाको भनाई थियो ।
‘मुलुकमा लगानीको वातावरण बढेको, रोजगारीका अवसरहरु बढेका छन् । बैंक तथा बीमा क्षेत्रको पहुँच पछिल्लो दुई वर्षमा उल्लेखीय रुपमा बढेको छ । बैंक तथा बीमा कम्पनीहरुको नाफा बढेको छ । उद्योगहरुको क्षमता विस्तार भएको छ । सेवा क्षेत्रको विस्तार भइरहेको छ । तर शेयर बजारमा गुनासो सुन्नु परेको छ ।’ अर्थमन्त्रीले भने ।
करका बिषयहरु टुगिंसकेको छन् । पूँजीगत लाभकरको बिषय समाधान हुने क्रममा रहेको छ । पूँजीबजारको विकासको जिम्मेवारी लिएर बसेका निकायहरुले धितोपत्र बोर्ड, नेप्सेले जवाफदेही र जिम्मेवारपूर्वक काम गर्नुपर्यो । बल पास गर्ने काम बन्द गर्नुपर्यो, अर्थमन्त्रीले भने । साथै उनले नियामकहरुको नियामक अर्थमन्त्रालय बन्नु पर्ने अवस्था आउन नदिन पनि सरोकारवालाहरुको ध्यानकर्षण गराए ।
साथै, अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको अर्थतन्त्रलाई बदनाम गर्ने प्रयास मुलुक भित्रैबाट भएको भन्दै दुःख व्यक्त गरेका छन् । अर्थतन्त्रको सबै सूचकहरु सकारात्मक हुँदाहुदै पनि सरकार बिरुद्ध भ्रम छर्न मुलुकभित्रबाटै मानिसहरु परिचालित भएकोमा आपत्ति समेत व्यक्त गरे ।












प्रतिक्रिया