नेपाल राष्ट्र बैंकले शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकलाई भार्गव विकास बैंक एक्वायर गर्नको लागि अन्तिम स्विकृति दिएको छ । त्यस्तै उन्नती माइक्रो फाइनान्स र सहकार्य लघुवित्तको मर्जरलाई पनि सैद्दान्तिक सहमति दिएको छ ।
राष्ट्र बैंकको संचालक समितिको बैठकले शाइन रेसुंगालाई भार्गव विकास बैंक एक्वायर गर्नको लागि अन्तिम स्विकृति दिएको हो । शाइन रेसुंगाले पूर्णिमा विकास बैंक र भार्गव विकास बैंकलाई एक्वायर गरेर राष्ट्रिय स्तरको विकास बैंक बन्ने लक्ष्य राखेको छ ।
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको असार २७ गते शुक्रबार सम्पन्न भएको विशेष साधारणसभाले भार्गव बिकास बैंक र पूर्णिमा बिकास बैंकलाई आफुमा गाभ्ने प्रस्ताव पारित गरेको थियो । बैंकले एक्वीजिसन पश्चात कायम हुने पूँजीको ४ बारबार १ शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पनि पारित गरिसकेको छ।.jpg)
हाल १० जिल्ला कार्य क्षेत्र रहेको शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक दुइ विकास बैंकहरूलाई प्राप्ति गरेपश्चात राष्ट्रिय स्तरको विकाश बैंक बन्ने भएको छ । एकिकृत बैंकको प्रधान कार्यलय बुटवलमा रहने छ ।
यसअघि साइन रेसुङ्गा बंैकले प्युठानलाई कार्यक्षेत्र बनाई सञ्चालनमा रहेको गौमुखी विकास बैंकलाई गाभेको थियो । त्यसैगरी रुपन्देहीमा स्थापित साइन र गुल्मीमा स्थापित रेसुङ्गा एकापसमा गाभिएर साइन रेसुङ्गा डेभलपमेन्ट बैंक बनेको हो ।
उन्नति माइक्रोफाइनान्स र सहकार्य लघुवित्तलाई सैद्दान्तिक सहमति
त्यस्तै उन्नती माइक्रो फाइनान्स र सहकार्य लघुवित्तको मर्जरलाई पनि सैद्दान्तिक सहमति दिएको छ । उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था र सहकार्य लघुवित्त वित्तीयसंस्थाबीच मर्जरमा जानका लागि बिहीबार साउन ९ गते प्रारम्भिक सहमति पत्रमा हस्ताक्षर भएको थियो ।
रुपन्देही जिल्लामा केन्द्रीय कार्यालय रहेको उन्नतिले १५ जिल्लामा आफ्नो शाखा विस्तार गरेको छ । यस्तै, सर्लाही जिल्लामा केन्द्रीय कार्यालय रहेको सहकार्यले १० जिल्लामा शाखा विस्तार गरी कारोबार गर्दै आएको छ । हाल उन्नतिको चुक्ता पुँजी ८ करोड ८२ लाख ७५ हजार रुपैयाँ र सहकार्यको १ करोड ४० लाख रुपैयाँ रहेको छ ।
मर्जरमा जाने सहमति भएपनि यी दुवै लघुवित्तले यसअघि पारित गरेको हकप्रद सेयर भने जारी गर्ने भएका छन् । उन्नतिले १ः१ अनुपात र सहकार्यले १ः३ को अनुपातमा हकप्रद सेयर जारी गर्नेछन् । साथै, सहकार्यको कल इन एडभान्समा रहेको रकमलाई पुँजीमा गणना गर्ने सहमति भएको छ ।
दुई संस्थाबीच पुस महिनाभित्र एकीकृत कारोबार गर्ने सहमति भएको छ । मर्जर पश्चात उन्नति सहकार्य लघुवित्तको नामबाट एकीकृत कारोबार हुनेछ ।












प्रतिक्रिया