ग्लोबल आइएमईसँग मर्जर प्रक्रियामा रहेको जनता बैंकको सन्तोषजनक प्रगति

0
Shares

ग्लोबल आइएमईसँग मर्जर प्रक्रियामा रहेको जनता बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा प्रगतिउन्मुख वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकका अधिकांस सुचकहरु सकारात्मक देखिएका छन् ।

बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३६ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आर्थिक बर्षको यसै अवधिको तुलनामा करिब १४ प्रतिशत बढी हो । गत वर्ष यसै अवधिमा बैंकले ३२ करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकको पहिलो तीन महिनाको वितरण योग्य मुनाफा १८ करोड ५३ लाख रुपैयाँ छ। बैंकको खुद ब्याज आम्दानी, संचालन नाफा, निक्षेप तथा कर्जा बढ्दा नाफा बढेको छ भने खराब कर्जा घटाएको बैंकको प्रतिशेयर आम्दानीमा समेत सुधार आएको छ।

८ अर्ब ७ लाख ८५ हजार रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको विभिन्न कोषमा गरेर तीन अर्ब भन्दा बढी रकम जगेडामा राखेको छ । यस अवधिमा बैंकले ७५ अर्ब निक्षेप संकलन गरेर ६८ अर्ब ५९ करोड कर्जा लगानी गरेको छ । जसबाट झण्डै एक अर्ब रुपैयाँ ब्याज आम्दानी गरेको छ ।

बैंकको प्रतिशेयर आम्दानी २ रुपैयाँ २४ पैसाले बढेर १८ रुपैयाँ ३४ पैसा पुगेको छ । नेटवर्थ समेत बढेर १३७ रुपैयाँ ५० पैसा पुगेको छ । यस अवधिमा खराब कर्जा समेत घटाएर १.५४ बाट घटेर १.३३ प्रतिशतमा झारेको छ ।

बैंकको कोषको लागत घटेर ७.५३ प्रतिशत कायम भएको छ । आधार दर १०.१३ प्रतिशत तथा मुल्य आम्दानी अनुपात ११.६७ गुणा छ ।

बैंकले गत वर्षको नाफाबाट ६ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नै नगद लाभांश दिने प्रस्ताव गरेको छ । जनता बैंक ग्लोबल आइएमई बैंकसँग १ः०.८५ शेयर स्वाप रेसियोमा मर्ज हुँदैछ । दुबै बैंकले मर्ज सम्बन्धी प्रस्ताव पारित गर्न मंसिर २ गते सभा बोलाएका छन् ।

प्रकाशित मिति: २५ कात्तिक २०७६, सोमबार  ०८ : २५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।