राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सुदूर पश्चिम प्रादेशिक कार्यालय, धनगढी, कैलालीको संचालनमा ल्याएको छ । सुदूर पश्चिम प्रदेशका माननीय मुख्य मन्त्री त्रिलोचन भट्टले ताम्रपत्र अनावरण गर्दै एक समारोहका बीच सोमबार समुदघाट्न गरेका हुन् ।
उक्त अवसरमा सुदूर पश्चिम प्रदेशका माननीय मुख्य मन्त्री त्रिलोचन भट्टले सरकारको लगानीमा संचालित संस्थानहरुको कार्यसम्पादन विगतमा सन्तोषजनक नभएपनि हालको समयमा राष्ट्रिय वाणिज्य बैंक उदाहरण बनेको बताउंदै सेवा प्रवाहमा गुणस्तरीयताका लागि सम्पूर्ण ग्राहकहरुलाई समान ब्यवहार गर्नुपर्ने तथा सरल र सहज बैंकिङ्ग सेवा प्रवाहका लागि “सेवा सहितको नाफा र नाफा सहितको सेवा” प्रवाहमा ध्यान दिनुपर्ने बताए।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंक नपुगेका स्थानिय तहमा बैंकिङ्ग सेवा पुर्याउंदै जाने प्रतिबद्धता ब्यक्त गर्नुहुंदै ूसमृद्ध नेपाल सुखी नेपालीकोूे नारा सार्थक पार्न बैंक तथा वित्तीय संस्थाहरुको अहम् भुमिका हुने बताउंदै त्यसमा राष्ट्रिय वाणिज्य बैंकले अग्रणी भुमिका निर्वाह गर्ने बताए ।
बैंकले गत आ.व. २०७५/०७६ मा ५ अर्ब ३२ करोड रुपैंया खुद मुनाफा गरेको छ । यस अवधिमा बैंकको निक्षेप १ खर्ब ९० अर्ब रुपैंया, कर्जा १ खर्ब ४४ अर्ब रुपैंया रहेको छ । बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २३८ वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग सेवा संचालन रहेका छन् ।
प्रतिक्रिया