एनएमबि बैंकको बम्पर लाभांश घोषणापछि शेयर बजारको रुप नै फेरिएको छ ।
ओमसँगको मर्जर सम्पन्नपछि एनएमबि बैंकको कारोबारले साथ दिएको बजारलाई लाभांश घोषणाले थप उचाईमा पुर्याउन सहयोग पुर्याएको छ ।
एनएमबि बैंकले सामेबार २१ प्रतिशत बोनस र १४ प्रतिशत नगदसहित ३५ प्रतिशत लाभांश घोषणा गरेपछि शेयर कारोबारमा उछाल आएको छ ।एनएमबिको कारोबार बढ्दा समग्र बजारमा यसको सकारात्मक प्रभाव पर्दा नेप्से दोहोरो अंकले उकालो लागेको छ भने कारोबार रकम समेत आधा अर्ब नाघेको छ ।
सोमबारै लाभांश घोषणा गरेको हिमालयन डिष्टलरीले पनि बजार बढाउन सहयोग पुर्याएको देखिन्छ । कारोबार रकम र नेप्से सूचक दुवैमा आएको बढोत्तरीले अबका दिनमा बजारले केहि गति लिने आँकलनहरु गर्न थालिएको छ । अझै केहि वाणिज्य बैंकहरुले लाभांश घोषणा गर्न बाँकी रहेको अवस्था छ । ती बैंकहरुको लाभांशले पनि बजारमा कस्तो प्रभाव पार्ला लगानीकर्ताको चासोको बिषय बनेको छ ।
एकाएक शेयर बजारमा चमक आउँदा नेप्से परिसूचक१३.७७ अंक बढेर एक हजार १४५.५७ बिन्दुमा पुगेको छ भने साढे २ महिनापश्चात आधा अर्बभन्दा बढीको शेयर किनबेच भएको छ । यस दिन १७५ कम्पनकिो ५४ करोड ९९ लाख ९८ हजार रुपैयाँ बराबरको १९ लाख ९५ हजार कित्ता शेयर किनबेच भएको छ। एनएमबि बैंकको यस दिन करिब १४ करोड बराबरको शेयर किनबेच भएको छ।
कारोबारमा आएका अन्य बाहेक सबै समूहका सूचक उकालो लाग्दा ५ कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। कारोबारमा आएका हिमालयन डिष्टिलरी, सबैको लघुवित्त वित्तीय संस्था, रिडी हाइड्रोपावर र आँखुखोला जलविद्युत कम्पनीको शेयरमूल्य बढेर सकारात्मक सर्किट लागेको हो। यी कम्पनीहरुको लाभांशले लगानीकर्तालाई तानेको देखिन्छ ।
हिमालयन डिष्टिलरीले १०२.५६ प्रतिशत, सबैको लघुवित्तले १३ प्रतिशत बोनस शेयर र रिडी हाइड्रोपावर ५ प्रतिशत बोनस शेयर घोषणा गरेका छन् । सबैभन्दा धेरै गुमाउनेमा एनआइबीएल समृद्धि फन्ड १ परेको छ । यसको भाउ ५.७७ प्रतिशतले घटेको छ ।
प्रतिक्रिया