स्ट्याण्डर्ड चार्टर्ड बैंकको साधारण सभा आज , लाभांश सहित पारित हुँदैछन् यस्ता एजेण्डा

0
Shares

स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्ष २०७५।०७६ को मुनाफाबाट शेयरधनीलाई २२.५० प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

प्रस्तावित लाभांश बैंकको आज हुने साधारणले पारित गरेपश्चात शेयरधनीलाई वितरण हुनेछ।

बैंकले साधारण सभा प्रयोजनका लागि मंसिर ९ गते सोमबारदेखि २३ गतेसम्म बुक क्लोज गरेको छ। जस अनुसार मंसिर ८ गतेसम्म कायम शेयरधनीले मात्र बैंकको प्रस्तावित लाभांश पाउनेछन् ।

हाल बैंकको आठ अर्ब १ करोड १४ लाख ३१ हजार रुपैयाँ चुक्ता पूँजी रहेको छ। यसअनुसार बैंकले एक अर्ब ८० करोड २५ लाख ७२ हजार रुपैयाँ नगद लाभांश वितरण गर्नेछ।

अघिल्लो आर्थिक वर्ष २०७४।०७५ मा बैंकले १७.५० प्रतिशत नगद लाभांश वितरण गरेको थियो।

साधारण सभामा लाभांशका अतिरिक्त बैंकको नियमावली संसोधन गर्ने, आर्थिक वर्ष २०७५/७६ को नाफा नोक्सान सम्बन्धी हिसाबकिताबका सम्बन्धमा छलफल, लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण लगायतका एजेन्डामा समेत छलफल हुनेछ ।

प्रकाशित मिति: २३ मंसिर २०७६, सोमबार  ०७ : ४५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।