१८० यात्रु सवार युक्रेनी यात्रुबाहक विमान ईरानमा दुर्घटनाग्रस्त

0
Shares

युक्रेन अन्तर्राष्ट्रिय एयरलाइन्सको विमान तेहरानको तेहरानको इमाम खोमेनी एयरपोर्ट नजिकै टेक अफ भएपछि दुर्घटनाग्रस्त भएको छ। युक्रेनी बोइङ्ग ७३७-८०० जेट विमानमा १८० यात्रु सवार रहेको त्यहाँका स्थानीय मिडियालाई उदृद गर्दै समाचार एजेन्सीले जनाएका छन्।

जेट विमान उडानको लगत्तै लगत्तै राजधानी तेहरानको दक्षिणपश्चिमी उपत्यका परान्डको नजिक दुर्घटनाग्रस्त भएको हो। विमानले युक्रेनको राजधानी किवको बोरिस्पिल विमानस्थलसम्म उडान गर्दै थियो।

दुर्घटनामा कति हताहती भए भन्ने यकिन रिपोर्ट आएको छैन, यद्यपी समाचारमा आएका तस्वीकरहरुले संकेत गरे अनुसार कोही पनि जीवित रहेको हुनसक्ने सम्भावना न्यून रहेको छ।

विमान दुर्घटना भएको एयरपोर्टको छेउछाउका क्षेत्रमा उद्धार टोली पठाइएको छ। रोयटर्स समाचार एजेन्सीका अनुसार इरानको आपतकालीन सेवा प्रमुख पीरहोसेन कोलिभान्डले हवाईजहाजमा आगो लागिरहेको छ उद्धारकर्ता पठाएकाले केही यात्रुरूलाई बचाउन सक्षम हुन विश्वास व्यक्त गरेका छन्।

उक्त विमान युक्रेनको राजधानी कीव जाँदै गर्दा दुर्घटनाग्रस्त भएको थियो। विमान दुर्घटना ईरान-अमेरिकी टकरावसँग जोडिएको छ कि छैन भन्ने कुरा अस्पष्ट रहेको जनाइएको छ। इरानले इराकमा भएको दुई अमेरिकी सैन्य शिविरमा भएको प्रतिकारात्मक हमला गरेको केही घण्टा पछि यो घटना भएको हो।

युक्रेन अन्तर्राष्ट्रिय एयरलाइन उडान स्थानीय तेहरानी समय अनुसार बिहान ५:१५ बजे उडान तय भएको थियो तर उडान वास्तविक प्रस्थान समय भने एक घण्टा ढिलाइ पश्चात बिहान ६:१२ बजे मात्र भएको थियो।

आपतकालीन उद्धारकर्ताहरूले दुर्घटनाग्रस्त क्षेत्रको निरीक्षण गरेर पठाएको तस्विरहरूमा पनि विमानको भग्नावशेष देखी जताततै छरिएको छ,। इरानी उड्डयन संगठनले राष्ट्रिय उड्डयन विभागबाट छानबिन टोली पठाइएको थियो।

 

दुर्घटनाको भिडियो यस लिङ्कबाट हेर्नहोस्