यी हुन् राष्ट्र बैंकको कारवाही भोग्ने चार फाइनान्स कम्पनी

0
Shares

नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष २०७५/७६ मा पाँच फाइनान्स कम्पनीलाई ३ लाख ६५ हजार ३७० रुपैयाँ ३८ पैसा जरिवाना तिराएको छ।
केन्द्रीय बैंकले दिएको निर्देशन अनुसार अनिवार्य नगद मौज्दात अनुपात कायम नगरेपछि ती फाइनान्स कम्पनीहरुलाई केन्द्रीय बैंकले जरिवाना तथा हर्जना लगाएर कारबाही गरेको हो।

राष्ट्र बैंकका अनुसार सेन्ट्रल फाइनान्स, मल्टिपपर्स फिनान्स, रिलायन्स फाइनान्स र प्रोगेशिभ फाइनान्स कारवाहीमा परेका हुन्। यी सबै फाइनान्स कम्पनीहरुलाई एउटै विषय अनिवार्य नगद मौज्दात अनुपात कायम गर्न नसकेको अभियोग रहेको छ।

कारवाहीमा परेको फाइनान्सहरुमध्ये सेन्ट्रल फाइनान्स र मल्टिपपर्स फिनान्स दुई-दुई पटक कारवाहीमा परेका छन् भने रिलायन्स फाइनान्स र प्रोगेशिभ फाइनान्स एक-एक पटक कारवाहीमा परेका हुन्।

केन्द्रीय बैंकले सेन्ट्रल फाइनान्सलाई प्रथम त्रैमासमा प्रथम पटक ८८ हजार ७३ रुपैयाँ र प्रथम त्रैमासमा नै दोस्रो पटक १ लाख ४३ हजार ५८० रुपैयाँ जरिवाना तिराएको हो।

त्यसैगरि मल्टिपपर्स फिनान्स कम्पनीलाई पनि प्रथम त्रैमासमा सातौं पटकमा ९८ हजार ८१३ रुपैयाँ र दोस्रो त्रैमासमा आठौं पटक फेरि १६ हजार ५५२ रुपैयाँ जरिवाना तिराएको हो।

यसैगरि केन्द्रीय बैंकले रिलायन्स फाइनान्सलाई पनि अनिवार्य नगद मौज्दात अनुपात कायम नगर्दा १८ हजार ४ रुपैयाँ र प्रोगेशिभ फाइनान्सलाई पनि राष्ट्र बैंकले सोही विषयमा ३४६ रुपैयाँ जरिवाना गरेको हो।