कृषि विकास बैंकको बोनस सूचीकृत

0
Shares

कृषि विकास बैंक (ADBL) को ५४ लाख ९ हजार ३१७ कित्ता शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ।

गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट वितरण गरेको चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर बैंकले चैत २ गते आइतबार दोस्रो बजारमा कारोबार गर्न मिल्नेगरि सूचीकरण गराएको हो। पुस १२ गतेसम्म कायम रहेका लगानीकर्ताले उक्त बोनस पाउनेछन्।

बैंकको पुस २७ गते सम्पन्न सभाबाट पारित चुक्ता पूँजीको २४ प्रतिशत नगद लाभांश भने भने बैंकले यसअघि नै वितरण गरिसकेको छ। 

प्रकाशित मिति: २ चैत २०७६, आइतबार  १० : ४८ बजे