महिला सहयात्रा लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

0
Shares

महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाले घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो।

लघुवित्तले गत आवको मुनाफाबाट १७.५ प्रतिशत (१० प्रतिशत र ७.५ प्रतिशत नगद) लाभांश अनुमोदन गर्न चैत २२ गते शनिबार ओम अध्याय रिट्रिट रिर्सोट, बज्रवाराही मकवानपुरमा बिहान ११ बजे ७ औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

साधारण सभा प्रयोजनका लागि लघुवित्तले चैत ४ गते एक दिनको लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यस अनुसार चैत ३ गते सोमबारसम्म कायम शेयरधनीले मात्रै लाभांश पाउनेछन् ।

यस्तै २० करोडको अधिकृत पूँजी वृद्धि गरि ४० करोड कायम गर्ने, रेमिट्यान्स कारोबार गर्नका लागि लघुवित्तको प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने रहेको छ।

हाल १२ करोड १० लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको १ करोड २१ लाख रुपैयाँ बराबरको बोनस वितरण पश्चात चुक्ता पूँजी १३ करोड ३१ लाख रुपैयाँ पुग्नेछ। नगद लाभांश वापत लघुवित्तले कर सहित ९० लाख ७५ हजार रुपैयाँ वितरण गर्नेछ ।

प्रकाशित मिति: ३ चैत २०७६, सोमबार  ०८ : ०२ बजे