मेरो शेयरबाट आईपीओ भर्न समस्या भएपछि लगानीकर्ता आक्रोशित

0
Shares

मेरो शेयर सफ्टवेयरबाट शेयर भर्न समस्या देखिएको छ । आज देखि पुनर्बीमा कम्पनीले खुला गरेको आईपीओमा सहज रुपमा आवेदन दिन नसकेपछि मेरो शेयरका प्रयोगकर्ता आक्रोशित भएका छन् ।

यता सिडिएस एण्ड क्लयरिङ लिमिटेडले मेरो शेयरमा नयाँ प्रविधि जडान गरिएकाले सुरुमा केही समस्या देखिएको बताएको छ । सिडिएसिका प्रवक्ता सुरेश न्यौपानेले नयाँ प्रविधि जडानपछि पहिलो पटक आईपीओ जारी भएकाले सिस्टममा समस्या देखिएको भएपनि केहीबेरमा समस्या समाधान हुने जानकारी दिए ।

आजदेखि नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले १०० रुपैयाँ अंकित दरमा १ अर्ब ६० करोड रुपैयाँ बराबरको १ करोड ६० लाख कित्ता प्राथमिक शेयर (आईपीओ ) बिक्रीमा ल्याएको छ।

पुनर्बीमा कम्पनीको डेढ अर्बको आईपीओ बिक्री खुला, लगानी जोखिम न्यून

धेरै लामो समयपछि ठूलो मात्राको आईपीओ निष्कासन भएकाले आईपीओमा आवेदन दिने एकैपटक मेरो शेयरका धेरै प्रयोगकर्ता आएकाले व्यवस्थापनमा समस्या उत्पन्न भएको हो ।

पुनर्बीमा कम्पनीको आईपीओमा छिटोमा चैत ७ गतेसम्म आवेदन गर्न पाइनेछ।

प्रकाशित मिति: ४ चैत २०७६, मंगलबार  १० : ५३ बजे