साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड (SKBBL) ले लकडाउनका बीच पनि आफ्नो वित्तीय विवरणमा सुधार सहितको विवरण पस्किएको छ।
सोमबार प्रकाशित वित्तीय विवरण अनुसार लघुत्तिले चैतसम्ममा ४३ करोड ५० लाख ९४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ८ करोड ९० लाख रुपैयाँ बढी हो।
गत आर्थिक वर्षको तेस्रो त्रैमासको अन्त्यसम्ममा लघुवित्तले ३४ करोड ५९ लाख ९८ हजार रुपैयाँ नाफा कमाएको थियो। खुद ब्याज आम्दानी बढेसँगै लघुवित्तको खुद नाफा पनि बढेको हो। लघुत्तिले माघदेखि चैतमा मात्रै १३ करोड ३३ लाख ८९ हजार रुपैयाँले खुद नाफा वृद्धि गरेको हो।
चुक्ता पूँजी १ अर्ब २ लाख २९ हजार रुपैयाँ रहेको लघुवित्तको प्रतिशेयर आम्दानी ५८ रुपैयाँ रहेको छ। गत आवको यसै अवधिमा रुपैयाँ थियो।
यस्तै जगेडा कोषमा १ अर्ब ८६ करोड १४ लाख रुपैयाँ सञ्चित रहँदा प्रतिशेयर नेटवर्थ बढेर २८६.१० रुपैयाँ छ। गत आवको यसै अवधिमा १ अर्ब ५२ करोडको जगेडा कोष थियो। लघुवित्तको मूल्य आम्दानी अनुपात १७.०७ गुणा रहेको छ।
चैत मसान्तसम्ममा १९ अर्ब ७९ करोड सापटी लिई २२ अर्ब १२ करोड ४२ लाख रुपैयाँ कर्जा लगानी गरेको यस लघुवित्तले सो अवधिसम्ममा ७९ करोड ५० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। जुन गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १४ करोड ९ लाख रुपैयाँ बढी हो।
समीक्षा अवधिमा लघुवित्तको सञ्चालन नाफा ११ करोड १७ लाख रुपैयाँ बढेर ६५ करोड ५० लाख ६० हजार रुपैयाँ पुगेको छ।
त्यसैगरी, समीक्षा अवधिमा लघुवित्तको निष्क्रिय कर्जा ०.४९ प्रतिशत बढेर ०.६५ प्रतिशत पुगेको छ। यससँगै लघुवित्तले सम्भावित जोखिम बापतको व्यवस्थामा ५ करोड ६० लाख रुपैयाँ छुट्याएको छ। चैत मसान्तसम्ममा लघुवित्तले २ करोड ८६ लाख रुपैयाँ खराब कर्जा उठाउन सफल भएको छ।
प्रतिक्रिया