कोशी अस्पतालका ८ जनाले पराजित गरे कोरोना

0
Shares

कोशी अस्पतालमा कोरोना भाइरसबाट संक्रमण भई उपचाररत रहेका ८ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । पछिल्लो पटक गरिएको पीसीआर रिर्पोट पनि नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको हो। उनीहरु २९ दिनदेखि ३३ औं दिनसम्म अस्पतालमा बसेर निको भएका हुन्। 

कोशी अस्पतालमा अस्पताल प्रशासन र सामाजिक विकास मन्त्रालयका कर्मचारीहरुले जेठ ७ गते बुधबार उपचारपछि निको भएका आठै जनालाई विदाई गरेका थिए।

यससँगै कोशी अस्पतालबाट डिस्चार्ज हुनेको संख्या २५ पुगेको छ । यस अघि नै अस्पतालबाट १७ जना डिस्चार्ज भएका थिए ।

कोरोना संक्रमण पुष्टि भएकामध्ये हालसम्म कूल ४५ जना डिस्चार्ज भएका छन्, जसमध्ये प्रदेश १ का मात्रै १५ जना संक्रमितले कोरोना संक्रमणलाई पराजित गरेका छन्।

प्रकाशित मिति: ७ जेठ २०७७, बुधबार  १३ : ०३ बजे