शनिबार थप ८८४ जनामा कोरोना पुष्टि, संक्रमित ३७ हजार नाघ्दा साढे २० हजार निको भए

0
Shares

नेपालमा पछिल्लो २४ घण्टामा अर्थात शनिबार देशभर थप ८८४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शनिबारको नियमित प्रेस ब्रिफिङमा २४२ महिला र ६४२ पुरुष गरी जम्मा ८८४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । शनिबार थपिएका कोरोना संक्रमित सहित नेपालमा कोभिडबाट कुल संख्या ३७ हजार ३४० जना पुगेको छ ।

शुक्रबार थप ९२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

पछिल्लो २४ घण्टामा ३१३ जना डिस्चार्ज भएका छन्। हालसम्म कोरोना निको भई डिस्चार्ज हुनेको कुल संख्या २० हजार ५५५ जना पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा ११ हजार ५१६ पीसीआर परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ५७८ रहेको छ । हाल देशभर क्वारेन्टीनमा ८ हजार ३५ जना रहेका छन्। जसमा होम आइसोलेसनमा ६ हजार ४४५ जना र संस्थागत आइसोलेसनमा १० हजार १४५ जना रहेका छन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १३ भाद्र २०७७, शनिबार  १६ : ३६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।