क्याप्सुल बनाएर मलद्वारमा लुकाइ छिपाइ हिरा र सुन ल्याउने दुई पक्राउ

0
Shares

बहुमूल्य हिरा र सुन सहित नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट दुई जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरीको विमानस्थल सुरक्षा कार्यालयले सुन र हिरासहित भारतीय नागरिक मोहम्मद माईदिन साथट र कोटाककुथ किजाकेथिललाई आइतबारपक्राउ गरेको हो।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले स्थालीलाई २२२ ग्राम हिरा र किजाकेथिललाई ५०० ग्राम सुनसहित पक्राउ गरिएको जानकारी दिए।

पक्राउ परेका माईदिन नेपाल एयरलाइन्स उडानद्वारा मलेसियाबाट नेपाल आएका र कोटाककुथलाई दुबईको उडानद्वारा दुबई हुँदै नेपाल आएको अनुसन्धानमा खुलेको छ।

पक्राउ परेकाले सुन र हिरालाई क्याप्सुल बनाएर मलद्वारमा लुकाइछिपाइ गरेर ल्याएको प्रवक्ता ज्ञवालीले बताए । पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २१ पुस २०७६, सोमबार  ०९ : ३१ बजे