राष्ट्र बैंकले आज दश करोड रुपैयाँ ट्रेजरी बिल बिक्री गर्दै

0
Shares

नेपाल राष्ट्र बैंकले पुस २१ गते सोमबार (आज) ९१ दिन अवधिको १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्दैछ।

पुस २२ गते मंगलबार जारी हुने ट्रेजरी बिलमा अपराह्न ३ बजेसम्म अनलाईन बिडिङ्ग प्रणाली मार्फत बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकले पनि बोलकबोल आवेदन दिन सक्ने केन्द्रीय बैंकले जनाएको छ।

राष्ट्र बैंकले सरकारलाई आवश्यक रकम जुटाउन उक्त ट्रेजरी बिल बोलकबोल प्रक्रियाबाट बिक्री गर्न लागेको हो। उक्त ट्रेजरी बिल चैत २५ गते परिपक्व हुनेछ।

राष्ट्र बैंकले यसअघि पुस १४ गते बिक्री गरेको ९१ दिन अवधिको १० करोडको ट्रजरी बिलमा ३.१६८१ औषत डिस्काउन्ट दर कायम भएको थियो। ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो। सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ।

प्रकाशित मिति: २१ पुस २०७६, सोमबार  १२ : २९ बजे