डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको छ । राष्ट्र बैंकले लघुवित्तले प्रस्ताव गरेको लाभांश स्वीकृत गर्दै पुस २१ गते लघुवित्तलाई जानकारी दिएको हो।
लघुवित्त सञ्चालक समितिको मंसिर २५ गते सम्पन्न २५९ औं बैठकले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई ३० प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित १५ प्रतिशत नगद गरि कूल ४५ प्रतिशत लाभांश वितरण गर्न प्रस्ताव गर्दै स्वीकृतिका लागि राष्ट्र बैंक पठाएको थियो।
यससँगै अब लघुवित्तलाई साधारण सभा आह्वान गर्ने बाटो खुला भएको छ । लघुवित्तको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपश्चात बुकक्लोजको अघिल्लो दिनसम्म कायम शेयरधनीले उक्त लाभांश पाउनेछन्।
लघुवित्तले गत आवबाट बोनस र नगद गरि कूल ३४ करोड ८० लाख ३४ हजार ६९८ रुपैयाँ बराबरको लाभांश बाँड्नेछ।
हाल ७७ करोड ३४ लाख १० हजार ४४१ रुपैयाँ चुक्ता पूँजी रहेको डिप्रोक्सको २३ करोड २० लाख २३ हजार १३२ रुपैयाँ बोनस पूँजीकरण पश्चात एक अर्ब ५४ लाख ३३ हजार ५७३ रुपैयाँ कायम हुनेछ ।







