सेञ्चुरी बैंकद्वारा विद्यार्थीहरुलाई सहयोग

0
Shares

सेञ्चुरी कमर्सियल बैंकले सुर्यविनायक नगरपालिका वडा नं. ४ स्थित चित्रपुर आधारभूत विद्यालयमा अध्ययनरत बालबालिकाहरुका लागि न्यानो कपडा हस्तान्तरण गरेको छ।

बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सो सहयोग गरेको हो।

बैंकका बजार प्रबन्धक शेखर राज बस्ताकोटीले विद्यालयका प्रध्यानाध्यापक राजन खत्रीलाई बालबालिकाहरुको लागि न्यानो कपडा हस्तान्तरण गरेका हुन्।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थय, वातावरण तथा अन्य क्षेत्रमा थुप्रै कार्यक्रमहरु गर्दै आएको छ।

प्रकाशित मिति: २८ पुस २०७६, सोमबार  १७ : २१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।