सुन चाँदीको मूल्यमा मंगलबार वृद्धि

0
Shares

माघ ७ गते मंगलबार सुन र चाँदी दुबैको मूल्य बढेको छ । सोमबार स्थिर रहेको सुन चाँदीको मूल्यमा मंंगलबार वृद्धि भएको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा ३०० रुपैयाँ र चाँदी ५ रुपैयाँले बढेको छ ।  महासंघका अनुसार मंगलबारका लागि सुनको भाउ छापावाला सुन प्रतितोला ७५ हजार ३०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ७५ हजार रुपैयाँ निर्धारण गरिएको छ । यस्तै चाँदी प्रतितोला ८९५ रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति: ७ माघ २०७६, मंगलबार  १२ : ५२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।