पप्पु कन्स्ट्रक्सनसहित आधा दर्जन ठेकेदार कम्पनी कालोसूचीमा

0
Shares

सार्वजनिक खरिद अनुगमन कार्यालयले पप्पु कन्स्ट्रक्सन सहित आधा दर्जन ठेकेदारलाई कालोसूचीमा राखेको छ।

कार्यालयले पप्पु कन्स्ट्रक्सन, निशा सप्लायर्स, श्रीदेव सप्लायर्स, सूर्योदय निर्माण एण्ड हाउजिङ कम्पनी प्रालि, बारा कन्स्ट्रक्सन र एचबीकेसी निर्माण सेवा कम्पनीलाई कालोसूचीमा राखेको छ ।

कार्यालय अनुसार पप्पु कन्स्ट्रक्सन ३ वर्षसम्मका लागि कालोसूचीमा राखिएको छ भने अन्य कम्पनीलाई भने एक–एक वर्षका लागि कालोसूचीमा राखिएको हो।

कालोसूचीमा राखिएका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताले उक्त अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नसक्ने जनाएको छ।

प्रकाशित मिति: ५ फाल्गुन २०७६, सोमबार  ०९ : २८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।