लुम्बिनी जनरल इन्स्योरेन्सको एक लाख कित्ता शेयर लिलामीमा

0
Shares

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी (LGIL) ले गत कात्तिकमा निष्काशन गरेको हकप्रद शेयरमा नबिकेको करिब एक लाख कित्ता शेयर लिलामी मार्फत बिक्री गर्ने भएको छ ।

कम्पनीले यही फागुन १४ गतेदेखि ९९ हजार ७२६ कित्ता शेयर लिलामीको माध्यमबाट बिक्री गर्न सूचना जारी गरेको छ । उक्त लिलामी शेयरमा फागुन १४ देखि २१ गतेसम्म आवेदन गर्न पाइने कम्पनीको शेयर बिक्री प्रबन्धक सिबिआईएल क्यापिटलले जनाएको छ ।

कम्पनीको लिलामीमा शेयरमा सिबिआईएल क्यापिटलको कार्यालय तथा सिटिजन्स बैंकका विभिन्न शाखाहरुबाट आवेदन गर्न सकिनेछ ।
कम्पनीले गत कात्तिक २४ गतेदेखि मंसिर २९ गतेसम्म चुक्ता पूँजीको २० प्रतिशत हुने आउने १७ लाख ६० हजार कित्ता हकप्रद शेयर हकप्रद शेयर जारी गरेको थियो ।

इक्रा नेपालले लुम्बिनी जनरलको हकप्रद शेयरलाई ‘ इक्रा आईपिओ ग्रेड ३’ रेटिङ्ग दिएको छ। ग्रेड ३ रेटिङ्गले औसत आधार जनाउँछ।
इन्स्योरेन्सको धितोपत्र दोस्रो बजारमा फागुन ५ गते सोमबार प्रतिकित्ता ५३९ रुपैयाँमा कारोबार भएको छ।

चुक्ता पूँजी ८८ करोड रुपैयाँ रहेको इन्स्योरेन्सको २० प्रतिशत हकप्रद पश्चात बीमा समितिले तोकको न्यूनतम चुक्ता पूँजी अर्थात १ अर्ब ५ करोड ६० लाख रुपैयाँ चुक्ता पूँजी पुगेको छ।

प्रकाशित मिति: ६ फाल्गुन २०७६, मंगलबार  ०८ : ३५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।