ब्रोकर डाटा सेन्टरमा समस्या आउँदा झण्डै एक घण्टा शेयर कारोबार ठप्प

0
Shares

नेपाल स्टक एक्सचेन्जमा शेयर कारोबार ठप्प भएको झण्डै एक घण्टा पुगेको छ। ब्रोकर डाटा सिस्टमा समस्या आएपछि कारोबार रोकिएको नेप्सेले जनाएको छ। 

मंगलबार १२ बजेर ४१ मिनेटपछि नेप्सेको सिस्टममा कारोबार हुन् सकेको छैन। नेप्सेले ब्रोकरको डाटा सेन्टरमा समस्या आएको बताएपनि ब्रोकरले नेप्सेको सिस्टमै समस्या आएको बताएका छन्।

कारोबार रोकिनु भन्दा अगाडिसम्म नेप्से १.२४ अंकले झरेर १ हजार ४९४ विन्दुमा रहेको छ भने यसअवधिमा १७४ कम्पनीको एक अर्ब ९७ करोड बराबरको कारोबार भएको छ।

मंगलबारको कारोबारमा अधिकांस लघुवित्त कम्पनीहरुको शेयर मूल्य घटेको छ।

कारोबार रोकिएको ५४ मिनेट पश्चात १ बजेर ३५ मिनेटमा पुन कारोबार सुचारु भएको छ।

प्रकाशित मिति: २० फाल्गुन २०७६, मंगलबार  १३ : ३३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।