हुन्डाई ओपन गल्फ प्रतियोगिताका उत्कृष्ट गल्फरलाई आइ टेन गाडी

0
Shares

हुन्डाई ओपन गल्फ प्रतियोगिता आउदो शुक्रबार र शनिबार हुने भएको छ ।

लक्ष्मी हुन्डाईको मुख्य प्रायोजन रहेको प्रतियोगिता गोकर्ण गल्फ कोर्षमा हुनेछ ।

दुई दिन चल्ने प्रतियोगितामा १३० गल्फरको सहभागिता रहने आयोजकले पत्रकार सम्मेलन गरेर जानकारी दिएका छन ।

१८ होलमा स्टेबल फोल्ड फरम्याटमा हुने प्रतियोगिता तीन बाई चार ह्याण्डिक्यापमा हुनेछ । प्रतियोगितामा ६० बर्ष उमेर माथिको र १० बर्ष मुनीको विधामा विभिन्न स्पर्धामा विजेतालाई पुरस्कार दिइनेछ ।

प्रतियोगिता उत्कृष्ट गल्फरले एउटा आइ टेन गाडी पाउनेछ ।

प्रकाशित मिति: २० फाल्गुन २०७६, मंगलबार  १७ : ४७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।