रिलायन्स फाइनान्सले वितरण गर्यो लाभांश

0
Shares

रिलायन्स फाइनान्स कम्पनी (RLFL) ले गत आवको मुनाफाबाट शेयरधनीलाई प्रस्ताव गरि साधारण सभाबाट अनुमोदन गराएको लाभांश फागुन २८ गते बुधबारदेखि वितरण थालेको छ ।

फाइनान्सले नेपाल क्लियरिङ्ग हाउसको आईपीएस मार्फत बुकक्लोजको अघिल्लो दिनसम्म कायम शेयरधनीको बैंक खातामा नै उक्त लाभांश पठाएको हो।

फागुन १६ गते सम्पन्न दशौं वार्षिक साधारण सभाबाट १०.५८ प्रतिशत नगद लाभांश अनुमोदन भएको थियो।

प्रकाशित मिति: २९ फाल्गुन २०७६, बिहिबार  ०९ : ५३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।