केहि दिन यता उच्च अंकले घट्न थालेको शेयर बजार परिसूचक नेप्से बुधबार बजार खुलेको पहिलो आधा घण्टामै ३२ अंक तल झरेको छ।
कोरना भाईरसका कारण विश्व अर्थतन्त्र संकटतर्फ उन्मुख भईरहँदा यसको प्रभाव नेपालमा समेत देखिन थालेपछि शेयर बजार घट्न थालेको हो। बुधबार पहिलो आधा घण्टामा नेप्से ३२ अंकले घटेर १२३९ अंकमा झरेको छ।
बजार निरन्तर घटेपछि कारोबार रकममा समेत शिथिलता देखिन थालेको छ । यस अवधिमा नेप्सेमा ११६ कम्पनीको ११ करोड ६३ लाख बराबरको मात्र कारोबार भएको छ।
कारोबारमा आएका सबै समूहको सूचक राताम्मे भएको बजारमा ५ कम्पनीको मात्र शेयर मूल्य बढेको छ। अघिल्लो दिन नेप्से सूचक ४४.३३ अंकले घटेर १२७२.०६ अंकमा झरेको थियो।











प्रतिक्रिया