रेमिट्यान्स आप्रवाहमा गिरावट, सात महिनामा ५ खर्ब १३ अर्ब भित्रियो

0
Shares

चालू आर्थिक वर्षको सात महिनामा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा विदेशबाट नेपाल भित्रिने रेमिट्यान्स आप्रवाहमा ०.५ प्रतिशतले गिरावट आएको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको साउनदेखि माघ महिनासम्मको अवधिमा रेमिट्यान्स घटेको उल्लेख छ।

राष्ट्र बैंकका अनुसार माघसम्ममा ५ खर्ब १३ अर्ब २१ करोड रेमिट्यान्स भित्रिएको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २८.५ प्रतिशतले बढेको थियो।

यस अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाहमा ०.२ प्रतिशतले कमी आएको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १६ प्रतिशतले बढेको थियो।

वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढ्यो

समीक्षा अवधिमा अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या २१.७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३७.५ प्रतिशतले घटेको थियो ।

पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ०.६ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ४.९ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर आय १.१ प्रतिशतले ह्रास भई ५ खर्ब ७९ अर्ब ९४ करोड कायम भएकोछ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २७.३ प्रतिशतले बढेको थियो ।

प्रकाशित मिति: ५ चैत्र २०७६, बुधबार  १३ : ०७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।