कोरोनाका कारण नेपाल र इङ्ग्ल्याण्डबीचको खेल स्थगित

0
Shares

नेपाली राष्ट्रिय फुटबल टोली र इङ्ग्ल्याण्डको ‘सी’ टोलीबीच तय भएको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल स्थगन भएको छ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण इङ्ग्ल्याण्डमा हुने तय भएको पहिलो मैत्रीपूर्ण खेल स्थगन भएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ।

एन्फाका अनुसार अर्को मिति तय नभएसम्म उक्त खेल स्थगन भएको हो। मैत्रीपूर्ण खेल आगामी जेठ १२ गतेका लागि तय भएको थियो।

गत माघमा एन्फा र इङ्ग्ल्याण्डको फुटबल एशोसिएशन (एफए) सँग दुई मैत्रीपूर्ण खेल खेलाउने सम्झौता भएको थियो। दोस्रो मैत्रीपूर्ण खेल भने सन् २०२१ मा नेपालमा नै हुने बताइएको छ।

प्रकाशित मिति: ५ चैत्र २०७६, बुधबार  १४ : ०१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।