एक्सेल डेभलपमेन्ट बैंक लिमिटेड (EDBL) को शेयरमूल्य चैत ७ गते शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा समायोजन भएको छ। बैंकको गत आवको मुनाफाबाट वितरण गर्न लागेको १७.१० प्रतिशत बोनस शेयरको बुकक्लोजसँगै शुक्रबार नेप्सेले बैंकको शेयरमूल्य समायोजन गरेको हो।
बोनस पश्चात बैंकको समायोजित शेयरमूल्य प्रतिकित्ता ३२० रुपैयाँ निर्धारण गरिएको छ। यसअनुसार आइतबार समायोजित मूल्यलाई आधार मानेर बैंकको पहिलो शेयर कारोबार हुनेछ।
बैंकले लाभांश पारित, हकप्रद जारी तथा मर्जर तथा प्राप्ती प्रस्तावहरु पारित गर्न चैत २० गते साधारण सभा आह्वान गरेको छ।









