कोरोना संक्रमणबाट बेलायतमा अर्का नेपालीको मृत्यु

0
Shares

 बेलायतमा अर्का नेपालीको पनि कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ ।

गत सोमबार लन्डनमा निधन भएका ४० वर्षीय एक पुरुषलाई कोरोना पोजिटिभ देखिएको हो । लन्डनको क्वीन एलिजावेथ अस्पतालमा उपचारका क्रममा उनको निधन भएको थियो ।

बुधबार अस्पतालले मृतकका परिवारलाई टेलिफोनमार्फत उनमा संक्रमण पाइएको पुष्टि गरेको आफन्तले बताएका छन् ।

लामो समयदेखि लन्डन बस्दै आएका मृतकलाई उच्च रक्तचापबाहेक कुनै गम्भीर स्वास्थ्य समस्या थिएन ।

केही दिनदेखि ज्वरो र खोकी लगायतका लक्षण देखा परेर उनको स्वास्थ्यावस्था बिग्रिएपछि शनिबार बिहान अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा सोमबार बिहान ती व्यक्तिको निधन भएको थियो ।

मृतकको परिवार आफ्नै घरमा आइसोलेसनमा बसेको छ भने उनीहरुलाई अहिलेसम्म कुनै स्वास्थ्य समस्या देखिएको छैन । संक्रमण फैलिने जोखिमका कारण उपचारको बेला र मृत्युपछि समेत परिवारले भेट्न पाएको छैन । कान्तिपुरबाट

प्रकाशित मिति: १३ चैत २०७६, बिहीबार  १९ : ०२ बजे