कोरोना नियन्त्रण कोषमा वैदेशिक रोजगार व्यवसायीको १ करोड सहयोग

0
Shares

नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा एक करोड आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत म्यानपावर व्यवसायीले राखेको नगद धरौटीको २५ प्रतिशत रकमको व्याजबाट प्राप्त हुने रकममध्ये एक करोड उक्त कोषमा जम्मा गर्ने निर्णय गरिएको सङ्घका महासचिव सुजितकुमार श्रेष्ठले जानकारी दिए।

सङ्घले थप एक करोड कामदार उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको उनले जानकारी दिए।

प्रकाशित मिति: १३ चैत्र २०७६, बिहिबार  २० : ४८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।