शनिबार सुदुर पश्चिममा एकै पटक तीन जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस अघि विदेशबाट आएकाहरुमा मात्र संक्रमण देखिँदै आएकोमा अब मुलुक भित्रै रहेकाहरुमा पनि संक्रमण देखिएको हो ।
मन्त्रालयका अनुसार कैलाली र कञ्चनपुरमा थप तीन जनामा कोरोना भाइरस पोजेटिभ देखिएको हो । यस अघि ६ जनामा संक्रमण पुष्टि भएकोमा अब संख्या नौ पुगेको छ । मन्त्रालयले आफ्नो आधिकारिक फेसबुक पेज मार्फत सुदुर पश्चिममा तीन जनामा संक्रमण पुष्टि भएको जनाएको हो ।
मन्त्रालयका अनुसार कैलालीमा २ र कञ्चनपुरमा एक जनामा संक्रमण पुष्टि भएको हो । जसमा दुई जना भारतबाट आएका हुन् भने एक जना यस अघि चौथो संक्रमितको परिवारका सदस्य हुन् ।
सातौं संक्रमण पुष्टि भएकी धनगढीकी महिला यस अघि चौथो संक्रमण पुष्टि भएका व्यक्तिको भाउजु रहेको बताइएको छ । आठौँ संक्रमण भारतको मुम्बईबाट आएका कैलालीका २१ वर्र्षीय पुरुषमा पुष्टि भएको मन्त्रालयले जनाएको छ । नवौँ संकमण पुष्टि भएका मञ्चनपुरका ४१ वर्षीय व्यक्ति भारतको उत्तराखण्डबाट आएका थिए ।
तीनै जनालाई सेती प्रदेशिक अस्पतालमा आइसोलेसन कक्षमा राखेर उपचार भइरहेको पनि मन्त्रालयले जनाएको छ ।












प्रतिक्रिया