सिभिल लघुवित्तले आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमासमा १ करोड २६ लाख ८५ हजार रुपैयाँ खुद नाफा गरेको छ। अघिल्लो आवको तुलनामा लघुवित्तको खुद नाफा ९.०२ प्रतिशत अर्थात १० लाख ५० हजार रुपैयाँले बढी हो।
चुक्ता पूँजी ११ करोड ४१ लाख १४ हजारमा स्थिर राखेको यस लघुवित्तको प्रतिशेयर आम्दानी १४ रुपैयाँ ८२ पैसा पुगेको छ । गत आवको नाफाबाट ५ प्रतिशत बोनस र ५ प्रतिशत नगद वितरण गर्ने निर्णय गरेपनि लघुवित्तले उक्त बोनस पूँजीकरण गरेको छैन।
यस्तै लघुवित्तको जगेडा कोषमा ३ करोड ८४ लाख रुपैयाँ सञ्चित छ। चुक्ता पूँजीको हिसाबले थोरै भएपनि अघिल्लो आवको तुलनामा कम्पनीले जगेडा कोषमा १३३.२५ प्रतिशत अर्थात २ करोड १९ लाख ९२ हजार रुपैयाँले वृद्धि गरेको हो । अघिल्लो आवमा उसको जगेडा कोष १ करोड ६५ लाख रुपैयाँ थियो।
चैत मसान्तसम्ममा लघुवित्तले ३८ करोड ४२ लाख निक्षेप संकलन तथा बैंक तथा वित्तीय संस्थाहरुबाट ७३ करोड ४४ लाख सापटी लिएर एक अर्ब २५ करोड ४० लाख रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको छ।
यस अवधिमा लघुवित्तले १ करोड ३९ लाख ८५ हजार रुपैयाँले खुद ब्याज आम्दानी बढाएर ५ करोड ९२ लाख रुपैयाँ आर्जन गरेको छ । लघुवित्तको सञ्चालन नाफा भने खराब कर्जा वापत १ करोड २० लाखको व्यवस्था पश्चात ९३ लाखमा संकुचित बनेको छ। गत आवको यसै अवधिमा लघुवित्त १ करोड ८२ लाख सञ्चालन नाफामा थियो।
लघुवित्तको खराब कर्जा अनुपात १.३७ बिन्दुले बढेर २.६६ प्रतिशतमा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १२३ रुपैयाँ ६० पैसा, र मूल्य आम्दानी अनुपात ७०.३१ गुणा छ।
लघुवित्तलाई पूँजी वृद्धिका लागि १ः१ अनुपातमा ११ लाख ४१ हजार १४० कित्ता शेयर बिक्री गर्न धितोपत्र बोर्डले अनुमति दिइसकेको छ।










प्रतिक्रिया