कोरोना अपडेटः विश्वभर १२ लाख उपचारपछि घर फर्किए, २ लाख ५२ हजारको मृत्यु

0
Shares

कोरोना भाइरस संक्रमण (कोभिड १९) का कारण विश्वभर २ लाख ५२ हजारभन्दा ४४२ व्यक्तिको मृत्यु भएको छ भने १२ लाख ६४० जना उपचारपछि निको भई घर फकिएका छन्।

मंगलबार दिउँसो १ बजेसम्म संक्रमितको संख्या ३६ लाख ४६ हजार ८७१ नाघेको छ । अमेरिकामा सबैभन्दा धेरै १२ लाख १२ हजार व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ भने ६९ हजार ९२५ जनाले ज्यान गुमाउँदा १ लाख ८८ हजार जना व्यक्ति उपचारपछि निको भई घर फर्किएका छन्।

यसैगरि स्पेनमा २ लाख ४८ हजार बढीमा यो संक्रमण फैलँदा २५ हजार ४२८ जनाले ज्यान गुमाएका छन् भने १ लाख ५१ हजार ६३३ जनालाइ निको भएको छ। २ लाख ११ हजार धेरै जनामा संक्रमण फैलिएको इटालीमा २९ हजार ७९ जनाको मृत्यु भएको छ भने ८२ हजार ८७९ जना उपचारपछि निको भएका छन्।

बेलायत, फ्रान्स, जर्मनी, रुस टर्की, ब्राजिलमा पनि १ लाखदेखि २ लाखको बीचमा कोरोना संक्रमित रहेका छन्।

कोरोना भाइरसबाट सर्वाधिक दैनिक मृत्युदर रहेका इटाली, स्पेन, फ्रान्स र बेलायतमा २४ घण्टाको अवधिमा मृत्युदरमा सामान्य गिरावट आएको छ ।

प्रकाशित मिति: २३ बैशाख २०७७, मंगलबार  १३ : ०१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।