बर्दियामा १७० जनाको कोरोना रिपोेर्ट नेगेटिभ

0
Shares

कोरोना संक्रमणको आशंकामा हालसम्म बर्दियामा दुई हजार ३४५ जनाको नमूना परीक्षण गरिएको छ । एक सय ९२ जनाको पिसिआर विधिबाट नमूना परीक्षण गरिएको छ ।

एक सय ८२ जनाको स्वाब संकलन गरी भेरी अस्पताल नेपालगञ्ज पठाइएकामा १७० जनाको रिपोर्ट नेगेटिभ आएको छ । बाह्र जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालयका प्रमुख गोकर्ण गिरीले जानकारी दिए।

आठ स्थानीय तहमा रहेका क्वारेन्टिनमा एक हजार ६१२ जना छन् । त्यसैगरी आरडिटीबाट अहिलेसम्म दुई हजार १५३ जनाको परीक्षण गरिएको प्रमुख गिरीले बताए।

प्रकाशित मिति: २७ बैशाख २०७७, शनिबार  १७ : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।