इन्फिनिटी लघुवित्तको नाफामा ६७%को सुधार, खराब कर्जा भने बढ्यो

0
Shares

चालु आर्थिक वर्ष ०७६/०७७ को तेस्रो त्रैमासमा इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले ६७ प्रतिशत बढीले नाफा बढेको विवरण सार्वजनिक गरेको छ। लघुवित्तका अधिकांश वित्तीय सूचक सकारात्मक रहेका छन् ।

लघुवित्तले गत चैत मसान्तसम्ममा ३ करोड ६५ लाख खुद नाफा गरेको छ । जुन गत आर्थिक बर्षको यसै अवधिको तुलनामा ६७ प्रतिशत बढी हो ।

गत बर्षको चैतसम्ममा लघुवित्तले २ करोड १९ लाख रुपैयाँ नाफा कमाएको थियो।

लघुवित्तको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै खुद नाफा पनि बढेको हो। लघुवित्तको ब्याज आम्दानी ७४ शतप्रतिशत तथा सञ्चालन मुनाफा ६८ प्रतिशत बढीले बढेको छ।

समीक्षा अवधिसम्म ६४ करोड ३१ लाख रुपैयाँ निक्षेप संकलन गरेको संस्थाले १ अर्ब ९४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । संस्थाले एक अर्ब ५ करोड बैंकहरुबाट सापट लिएको छ । जसबाट १० करोड ३५ लाख रुपैेयाँ खुद ब्याज आम्दानी गरेको छ ।

संस्थाको चुक्तापुँजी १४ करोड बाट २२ करोड ८१ लाख रुपैयाँ पुगेको छ भने यस अवधिमा जगेडा कोषको आकार समेत १५० प्रतिशतले वृद्धि भई ६ करोड ८२ लाख रुपैयाँ पुगेको छ ।

यस अवधिमा लघुवित्तको निष्क्रिय कर्जा भने बढेर २.६९ प्रतिशत पुगेको छ। संस्थाको वार्षिकीकृत प्रतिशेयर आम्दानी २१.३८ रुपैयाँ रहेको संस्थाको प्रतिशेयर नेटवर्थ १२९ रुपैयाँ ९ पैसा तथा मूल्य आम्दानी अनुपात ३०.६४ गुणा छ ।

प्रकाशित मिति: २८ बैशाख २०७७, आइतबार  ०८ : १० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।